लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घाटा थेग्नै नसक्ने अवस्थामा आयाल निगम

IMG

 २०७८ फागुन ५, तिलोत्तमा सिटी।  नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने अनुमान  गरेको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्ययले अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको बताए । उनका अनुसार प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै नोक्सानी हुने देखिएको छ।  


नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको लागत बढेको छ । आईओसीबाट निगमको खरिद मूल्य प्रतिलिटर पेट्रोलमा १६१ रुपैयाँ ०५ पैसा, डिजेलमा १४० रुपैयाँ ४८ पैसा र खाना पकाउने ग्याँस एक सिलिण्डरमा २ हजार १३५.७४ पैसा पुगेको निगमले जनाएको छ । जसमा, माघ १८ गतेको मूल्य समायोजन पछि उपभोक्ता मूल्य भन्दा पेट्रोल लिटरमा १९ रुपैयाँ ०५ पैसा, डिजेलमा डिजेलमा १५ रुपैयाँ ४८ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ५६० रुपैयाँ ७५ पैसा नोक्सानी रहेको निगमको दाबी छ ।समग्रमा पेट्रोलमा १५ दिनमा ५४ करोड ४४ लाख, डिजेलमा १ अर्ब १३ करोड ४७ लाख र खाना पकाउने ग्याँसमा एक अर्ब ६४ करोड ४७ लाख घाटाको अनुमान गरिएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्