लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

IMG

२०७८ फागुन ३, तिलोत्तमा सिटी। आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ। युक्रेनमा भइरहेको तनावका कारण सुनको भाउ बढेको हुनसक्ने अनुमान गरिएको छ । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरुले रुसमाथि कडा चेतावनी दिन थालेका छन् । विश्वका शक्तिशाली राष्ट्रमा हुने गतिविधिका कारण सुनको भाउमा असर पर्ने गरेको छ ।सुनमा गरिएको लगानी सुरक्षित मानिने भएकाले यस्तो बेला सुनको माग र कारोबार धेरै हुनेगर्छ । यसले गर्दा भाउ बढ्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्