
२०७८ फागुन २, तिलोत्तमा सिटी। आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।आज दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो ।आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घट्यो ।
कमेन्ट गर्नुहोस्