
२०७८ फागुन २, तिलोत्तमा सिटी । सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । मौसम सुधार भएपछि विमानस्थल पुनः सञ्चालन भएको छ।भारी हिमपात र प्रतिकूल मौसमका कारण याे विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुभयो ।निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ आइपुगेका छन्, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाण्डौ पुगेको उहाँ बताउनुभयो ।निगमले याे विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्