
२०७८ फागुन १ ,तिलोत्तमा सिटी।नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। आज आइतबार सुनको भाउ एकैदिन १५ सय रुपैयाँले बढेको छ ।आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीकाे भाउ १३ सय रुपैयाँ पुगेको छ ।
कमेन्ट गर्नुहोस्