लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक १ सय १ अङ्कले घट्यो

IMG

२०७८ फागुन १ ,तिलोत्तमा सिटी।  नेप्से परिसूचक आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ । आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पाँच वटा कम्पनीको शेयर सामान्य बढेको छ । 

कमेन्ट गर्नुहोस्