
२०७८ माघ २३ ,तिलोताम्मा सिटी। यो हप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । चिसो बढेपछि विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विद्युतको माग बढेपछि पूरा गर्न आन्तरिक उत्पादनले नपुग्ने भएपछि नेपाल विद्युत प्राधिकरणले भारत संगबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ ।
११ हजार मेगावाट आवरवेसमा रहेर विद्युत आयात गरेर माग पूर्ति गर्दै आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो। माग बढ्दै गए पनि आन्तरिक उत्पादन बृद्धि भएकाले कम विद्युत आयात गर्नुपरेको उहाँले बताउनुभयो । यसै हिउँदमा ५२ मेगावाटको लिखु, २४ मेगावाटको अपर लिखु, ११ मेगावाटको खहरे खोलाबाट गरी ८७ मेगावाट विद्युत आन्तरिक उत्पादन बृद्धि भएको प्रवक्ता भटट्राईले बताउनुभयो । प्राधिकरणले हिउँदको डिमाण्ड पूर्ति गर्न कुलेखानी जलाशयबाट एक सय मेगावाट विद्युत उत्पादन गर्दै आएको छ ।
हिउँद मौसममा विद्युत उत्पादन वृद्धि गर्न प्राधिकरणले जलाशययुक्त आयोजना निर्माणमा जोड दिएको जनाएको छ । उत्पादनसँगै वितरण प्रभावकारी बनाएर खपत बृद्धि गर्ने गरी प्राधिकरणले काम अघि बढाएको प्रवक्ता भटट्राईले जानकारी दिनुभयो । अधिकांश आयोजनाहरुमा पानीको सतह कम भएसँगै विद्युत उत्पादन ६० प्रतिशत भन्दा कम उत्पादन हुने गरेको प्राधिकरणले जनाएको छ । गत वर्षको हिउँद मौसममा एक हजार तीन सय मेगावाट विद्युत माग रहेपनि यस वर्ष एक हजार ७१० मेगावाट विद्युत डिमाण्ड भएको प्राधिकरणले जनाएको छ ।
कमेन्ट गर्नुहोस्