
२०७८ माघ २१, तिलोत्तमा सिटी। शुक्रबारदेखि लागू हुने गरी वायुसेवा सञ्चालक संघले आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ ।नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेको हुनाले भाडादरमा वृद्धि गरेको हो। हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो ।
भाडादर वृद्धिभएसँगै काठमाडौं–भरतपुर १०५ रुपियाँ बढेको छ भने काठमाडौं–धनगढीको ४४५ रुपियाँ वृद्धि भएको छ संघले जनाएको छ । काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपियाँले भाडादर वृद्धि भएको छ । हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले ३५ वटा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फनै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिँदै आएको छ ।
कमेन्ट गर्नुहोस्