
२०७८ माघ २१, तिलोत्तमा सिटी। नेप्से परिसूचक १०६ दशमलव ८२ अंकले वृद्धि भएको छ । बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर दुई हजार ७६९ दशमलव ९३ अंक कायम भएको थियो । यो साता चारदिन कारोबार भएको नेप्से परिसूचक दुईदिन बजार ओरालो लाग्दा दुईदिन भने वृद्धि भयो । यो साताको चारदिनको कारोबारमा नेप्से परिसूचक १०६ दशमलव ८२ अंकले बढेर दुई हजार ८७६ दशमलव ७४ को विन्दुमा पुगेको छ ।
साताको दोस्रो कारोबार सोमबारको दिन सेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो । आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३ दशमलव ४८ अंक घटेर दुई हजार ८७२ दशमलव ०५ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५ दशमलव ५५ अंक बढेर दुई हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
कमेन्ट गर्नुहोस्