लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजार १९ अङ्कले बढ्याे

IMG

२०७८ माघ १८, तिलोत्तमा सिटी।  शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ ।आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ अङ्कले, विकास बैंक समूहको १, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ ।


आज दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो। आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

कमेन्ट गर्नुहोस्