
२०७८ माघ ९, तिलोत्तमा सिटी। भन्सार विभागको तथ्यांक अनुसार साउन-पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।यो गत आव २०७७/७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।
बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशत धेरै हो ।
६ महिनाको वैदेशिक व्यापार
आयात : ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ (५१.१३ प्रतिशत बढेको)
निर्यात : १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ (९५.४८ प्रतिशत बढेको)
व्यापार घाटा : ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ (४६.६४ प्रतिशत बढेको)
कुल वैदेशिक व्यापार : ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ (५४.८६ प्रतिशत बढेको)
व्यापारमा आयातको हिस्सा : ८९.३७ प्रतिशत (२.४१ प्रतिशत घटेको)
व्यापारमा निर्यातको हिस्सा : १०.६३ प्रतिशत (२६.२३ प्रतिशतले बढेको)
कमेन्ट गर्नुहोस्