
२०७८ माघ ७, तिलोत्तमा सिटी। सवारी साधनमा जोर बिजोर लागू नगर्न यातायात व्यवसायीले माग गरेका छन। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो। जोर बिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनको भनाइ छ । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले बताए ।
यद्यपि सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ ।व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर बिजोर लागू गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।
कमेन्ट गर्नुहोस्