लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक २३ सयले घट्योले घट्यो

IMG

२०७८ माघ ५ , तिलोत्तमा सिटी। शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय तल झरेको छ । बुधबार ३८ दशमलव ३५ अंकले घटेर नेप्से परिसूचक २ हजार ८ सय ९८ दशमलव ३१ अंकमा झरेको छ । मंगलबारको तुलनामा बुधबार शेयर कारोबार रकम पनि घटेको छ ।दिनभर १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा रोकिएको छ । सोमबार साढे ९ अर्ब माथिेको र मंगलबार ८ अर्ब रुपैयाँ मािथको शेयर कारोबार भएको थियो ।


बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य राम्रै बढेको छ । बुधबार बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ ।सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।यसैगरी शेयरमूल्य घट्ने कम्पनीहरुमा भने घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायतका कम्पनीहरु देखिएका छन् । यी कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

कमेन्ट गर्नुहोस्