लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी निर्यात

IMG

२०७८ पुष २७, तिलोत्तमा सिटी।हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ ।

वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ ।केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खुर्सानी पूर्वको धरान, मोरङसहित काठमाण्डौलगायतका सहरमा उच्च माग छ ।


खुर्सानीको माग बढेसँगै राम्रो आम्दानी हुने हुँदा किसान व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् ।सोलुखुम्बुको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिकामा व्यावसायिक रुपमा खुर्सानी खेती हुँदै आएको छ । यसवर्ष अकबरे खुर्सानीको उत्पादन झण्डै ८ प्रतिशतले बढेको छ ।गएको वर्ष १ सय ४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १ सय ५२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ ।गएको वर्ष २१ दशमलव ३ हेक्टरमा उत्पादन भएको केन्द्रका सूचना अधिकारी राईले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्