
२०७८ पुष २७, तिलोत्तमा सिटी। मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।मंगलबारका लागि तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्