लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो

IMG

२०७८ पुष २३, तिलोत्तमा सिटी। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ ।आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ ।नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजनीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । अब भने नियुक्ति प्रक्रिया चाँडै टुंगोमा पुग्ने अर्थमन्त्रालयले जनाएको छ ।



कमेन्ट गर्नुहोस्