लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुलुकको समृद्धिका लागि सहकारी आन्दोलन अपरिहार्य र अनिवार्य:प्रदेश प्रमुख शेरचन

IMG

तिलोत्तमा सिटी,२० पौष २०७८। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि सहकारी आन्दोलन अपरिहार्य र अनिवार्य भएको बताएका छन् ।मंगलबार बुटवलमा आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेड अन्तर्गत लुम्बिनी प्रदेश एकाइको १८ औ बार्षिक साधार सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सहकारीको सहभागिता बिना मुलुकको समृद्धि सम्भव नहुने भन्दै समृद्धिका लागि सहकारी आन्दोलन अपरिहार्य र अनिवार्य जस्तै भएको बताएका हुन् ।


नेपालको संबिधानलेनै सहकार्यको परिकल्पना गरेको भन्दै उनले मुलुकको समृद्धिका लागि सहकारीहरुको सहभागिता र सबैको सहकार्य जरुरी रहेको बताए ।सहकारीहरुले बचत र कर्जा प्रवाह गरेर नाफा कमाउने मात्रै नभएर स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुमा लगानी गर्नुपर्नेमा जोड दिदै प्रदेश प्रमुख शेरचनले उखु किसानहरुलाई अनुदान दिएर भए पनि चिनी मिल सञ्चालन गर्नुपर्ने बिचार ब्यक्त गरे ।उनले बुटवल धागो कारखाना जस्ता बन्द रहेका उद्योग पुन सञ्चालन गर्नेतर्फ पनि सहकारीहरुले अग्रसरता लिन सुझाव दिए ।


मुलुकभर १४ हजार ५ सय बढी सहकारी संस्थाहरु आवद्ध रहेको बैंकको लुम्बिनी प्रदेश स्तरीय  साधारणसभामा बिभिन्न जिल्लाहरुबाट १ हजार ६१२ वटा सहकारी संस्थाहरु सदस्य रहेका छन् ।का प्रतिनिधिहरुको सहभागीता रहने राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रबन्धक नारायण बेलबासेले जानकारी दिए । एकाईगत रुपमा साधारणसभा गर्ने बैंकको नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार बुटवलमा भएको हो ।लुम्बिनीसँगै पुस २५ गतेसम्म बाँकी एकाईहरुको साधारणसभा सम्पन्न गरी छनोट भएका एकाई प्रतिनिधिहरुको सहभातिामा पुस ३० गते काठमाण्डौंमा केन्द्रिय साधारणसभा सम्पन्न हुने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्