
२०७८ पुष २०, तिलोत्तमा सिटी। शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से आज मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ ।आज उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ ।
आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र नेपाल एसबीआई बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
कमेन्ट गर्नुहोस्