लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भगवती हाइड्रोपावरको कम्पनीले आईपीओ निष्कासन गर्दै

IMG

२०७८ पुष २०, तिलोत्तमा सिटी। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ ।साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरे ।

कमेन्ट गर्नुहोस्