
तिलोत्तमा सिटी,१० पौष २०७८। सांग्रिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा रुपन्देहीको १३ औ बार्षिक साधरण सभा तथा ५ औ अधिबेशन भव्यताका साथ् सम्पन्न भएको छ। सस्थाका अध्यक्ष नाथु प्रसाद जोगी थारुको अध्यक्षता तथा जिल्ला सहकारी संघ रुपन्देहीकी सचिव टिका न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभाले ४ करोड ७३ लाख बराबरको आय व्यय प्रस्तुत गरेको छ।
सो साधारण सभामा बोल्दै प्रमुख अतिथि न्यौपानेले सहकारीले सबै जनजनको चुल्हो बाल्न तथा ग्रामिण भेगमा समेत उत्पादनको लहर चलाउन मद्धत गर्नुपर्ने भन्दै सहकारीको उज्ज्वल भबिष्य र प्रगतिको कामना गर्नुभएको थियो। ग्रामिण महिला ससक्तिकरण र आत्मनिर्भरका लागि सहकारीले पाइला अगाडी बढाउनुपर्ने भन्दै उहाले बचत संगै उत्पादकत्व बढाउन खुलेर लगानी गर्नुपर्ने बताउनुभयो।
साधारण सभा तथा अधिबेशनले आगामी ४ बर्षे कार्यकालको लागी भेजनाथ कुँवरको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा पुष्पा गौतम , सचिबमा दिनेश कंवर, कोशाध्यक्षमा अस्ट कुमार चौधरी र सदस्यहरुमा मनती देवी थारु , सिता चौधरी,गोखु चौधरी, शुक्रराज पछिमा थारु, सत्य नारायण जोगी थारु रहेका छन् भने लेखा सुपरिबेक्षकमा हरि बहादुर कंवर र सदस्यहरुमा कुशिया थारु , महादेव कठरिया थारुलाइ चयन गरिएको छ।
साधारण सभामा बोल्दै निबर्तमान अध्यक्ष नाथु प्रसाद जोगी थारुले सहकारीले स्थापनाको छोटो समयमै गाउ गाउमा चेतना र आत्मनिर्भरताका लागी सधै अगाडी बढेकोमा खुसि ब्यक्त गर्दै नया कार्यसमिति प्रति बधाई तथा शुभकामना समेत ब्यक्त गर्नुभयो। सो कार्यक्रमममा किसान सहकारीका अध्यक्ष भोला चौधरी, सुमधुर साकोसका सिता न्यौपाने, उत्सुकता साकोसका सचिव राजु चौधरी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो।
विभिन्न विधामा उत्कृस्ट कार्य गर्ने शेयर धनीहरुलाई सम्मान गरिएको सो कार्यक्रमममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष सुख नारायण थारुले गर्नुभएको थियो भने साधारण सभाको संचालन सस्थाका सचिव दिनेश कंवरले गर्नुभएको ब्यबस्थापक कपिलदेव कुँवरले बताउनुभयो।
कमेन्ट गर्नुहोस्