लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजारमा फर्कियो उत्साह

IMG

२०७८ पुस ७, तिलोत्तमा सिटी। शेयर बजार परिसूचक नेप्सेमा उत्साह फर्किएको छ । यो साता पहिलो कारोबार दिन (सोमबार) घटेको बजार मंगलबारबाट भने बढ्न शुरु भएको हो । यो लय बुधबार समेत कायम रह्यो । आइतबार नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने गरी विभिन्न निर्देशन जारी गरेको थियो । यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।मंगलबार ५६.७३ अंकले बढेको शेयर बजार बुधबार भने ९२.१६ अंकले वृद्धि भएको छ । यो ३.८२ प्रतिशतको वृद्धि हो । बजार २५०७.७० अंकमा पुगेको छ । बुधबार कुल २३३ कम्पनीको ५५ हजार ९ सय ९७८ वटा कारोबार भएको छ । यसबाट ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको भएको छ । बुधबार सबै परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् ।बुधबार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कमेन्ट गर्नुहोस्