लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

IMG

२०७८ पुस ६, तिलोत्तमा सिटी। मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावल सुनको प्रतितोला मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो मंगलबार तेजावी सुनको मूल्‍य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।यस्तै सोमबार तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार (आज) घटेर एक हजार २ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्