लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनकपुरमा माछा,मासु र मदिरा विक्रीमा रोक

IMG

२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी। विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार (आज) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ । 


कमेन्ट गर्नुहोस्