
तिलोत्तमा सिटी,१७ कार्तिक २०७८। स्थलमार्गबाट सबै भन्दा बढी पर्यटक भित्रयाउने बेलहिया नाकामा पर्यटक मात्र हैन बिभिन्न चाडपर्वमा नेपाल फर्किने नेपालीले समेत सास्ती भोग्नु पर्दछ। आफुसित भएको झोलामा भएका समानहरुको चेकजाँच एक एक गरेर गर्नुपर्ने भएको कारण नाका हुदै नेपाल भित्रिने यात्रुहरुले सास्ती भोग्नु परेको हो ।यता नेपाल–भारत सीमानाका बेलहियामा गड्डाचौकीमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । ४ बर्ष अघि भन्सार बिभागले पठाएको ब्यागेज स्क्यानर प्रयोगमै नआई थन्किएको छ । भैरहवा भन्सार कार्यालयले ३ बर्ष अघि सञ्चालन गर्ने भन्दै मन्त्री नै बोलाएर उद्घाटन गर्न लगाएर मेसिन चेकजाँच गराउने कुरा भयो । तर रिबन काटेर मन्त्री फर्केपछि उक्त मेसिन पनि पुनः थन्कियो ।
भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा राखिएको ब्यागेज स्क्यानर स्थापना भए देखिनै सञ्चालनमा आउन सकेको छैन । यात्रु शाखामा राखिएको उक्त मेशीनमा अहिले धुलोको मोटो तह लागेको छ, माकुरा लगायत अन्य किरा फट्याङग्राको बासस्थान भएको छ ।चार वर्षअघि भैरहवा भन्सार कार्यालयले भारतबाट आउनेले बोकेका झोला तथा ल्याएका सामग्री जाँच गर्न भन्दै जडान गरेको उक्त मेसिन ३ वर्षदेखि प्रयोगमा छैन । २०७४ साउन २५ गते ७२ लाख ९५ हजार रुपैयाँ खर्चेर एक्सरे मेसिन जडान गरिएको थियो । मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार र दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेहरूको जाँचमा सहज हुने अनुमान गरिएको थियो । तर मेशीन सञ्चालनमै आउन सकेन् ।
भारतमा सास्ती खेपेर आएका नेपाली कामदारहरूले स्वदेशमा समेत जाँचका नाममा दुःख पाइरहेको भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीको भनाई छ । “भैरहवा भन्सार कार्यालयले यात्रुको सहजताको लागी र कतिपय अवश्थामा जोखिमयुक्त सामाग्रीको चेकजाँचको लागी एक्सरे मेशीन राखेको थियो, तर बिभिन्न कारण देखाउदै उक्त मेशीन सञ्चालनमा आउन सकेको छैन ।” पन्थीले भने “यसलाई सिघ्र सञ्चालनमा ल्याईनु पर्छ यसले यात्रुलाई सहज मात्र नभई अवैध सामाग्रीको ओसार प्रसारमा नियन्त्रण हुन्छ ।” उनले मेशीान सञ्चालनमा आए भन्सारका कर्मचारीलाई पनि काम गर्न सहज र छिटो हुने बताए ।अहिले नेपालीहरु बिभिन्न पर्व लक्षित गरि नेपाल फर्किरहेका छन् । सीमामा नेपालीहरुको भिड लागेको छ । तर भैरहवा भन्सार कार्यालयले सहजताको लागी ल्याएको उक्त मेशीन कहिले सञ्चालनमा ल्याउने बारे कुनै टुङ्गो छैन । भैरहवा भन्सार कार्यालयका प्रवक्ता तिर्थराज पासवानले अहिले बेलहियामा बाटो निर्माणको क्रममा रहेकोले मेशीन सञ्चालनमा नल्याईएको बताए । “अहिले यस क्षेत्रमा अत्याधिक धुलो रहेको छ, मेशीन सञ्चालनमा ल्याए पनि धुलोले बिग्रिने डर छ ।” पासवानले भने “त्यसकारण पनि यसको स्थायी समाधान नहुदा सम्म मेशीन सञ्चालनमा आउन गाह्रो छ ।”
अहिले एउटा मेशीनले मात्रै ब्यागेज स्क्यान गर्न गार्हो हुने भएकोले थप २ वटा मेशीन माग गरिएको उनले जनाए । भन्सार कार्यालयको यात्रस शाखाको केही भाग बाटो बिस्तारको क्रममा भत्काउनु पर्ने भएको र बाटो बिस्तारकै क्रममा रहेकोले बिस्तार भए पछि स्थायी रुपमा यसलाई जडान गरि सञ्चालन गरिने उनले बताए ।
कमेन्ट गर्नुहोस्