
तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। बाँके र रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ६ ग्राम बढी खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले ३ ग्राम सहित २ जना र रुपन्देही प्रहरीले ३ ग्राम ३०० मिलिग्राम खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको हो ।बाँके प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेको समयमा भारतको रुपैडियाबाट नेपालगन्ज तर्फ आईरहेका दाङ तुलसीपुर १ का २२ वर्षिय प्रकाश बिक र ३६ वर्षिय समिर बिकबाट सो हिरोईन बरामद गरेको हो ।
उनीहरुले क्यानभर्स जुत्ता भित्र लुकाएर नेपाल आउँदै गर्दा इलाका प्रहरी कार्यालय जमुनाहाको लागु औषध ब्यूरोले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।यता रुपन्देहीको कञ्चन गाँउपालिका १ सानो उकालीकी ४८ वर्षिया सिमाकुमारी श्रीस मगरको साथबाट खैरो हिरोइन बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा श्रीसको घर खानतलासी गर्दा लागु औषध हिरोईन फेला पारेको थियो ।पक्राउ परेकाहरुलाई लागु औषध विरुद्धको ऐन बमोजिम मुद्दा दर्ता गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्