
तिलोत्तमा सिटी,१७ असोज २०७८। बुटवलका पेट्रोलियम तथा यातायात ब्यवसायी हरी बहादुर कुवरको निधन भएको छ।लामो समय देखि ईन्धनको बिक्रि तथा ढुवानी ब्यवसायमा सम्लग्न कुंवरको आज बिहान उपचारको क्रममा काठमाण्डौ स्थीत ग्राण्डी अस्पतालमा निधन भएको हो।बुटवल उपमहानगर पालिका वडा नं ८ का स्थायी बासिन्दा कुंवर करिव ८ बर्ष देखि पक्षघातको समस्यासंग जुधिरहेका थिए भने करिव दुई बर्ष यता मिग्रौलाको उपचार गराई रहेका थिए।उनको एक महिना अघि मिग्रौला प्रत्यारोपण गरिएको थियो ।
ट्रक ब्यवसायीहरुको संस्था पश्चिमान्चल यातायात ब्यवसायी समितीका सल्लाहाकार कुंवर पश्चिमान्चल टेंकर ब्यवसायी संघका पुर्व अध्यक्ष हुन्। ६१ बर्षिय कुंवरका एक श्रीमती, १ छोरा र ३ छोरी छन्। स्वर्गीय कुंवरको आजै काठमाण्डौ स्थीत पशुपती आर्यघाटमा गरिने पारिवारीक श्रोतले बताएको छ।
कमेन्ट गर्नुहोस्