लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१७ % लाभांस सहित जनउत्थान साकोसको साधारण-सभा सम्पन्न

IMG

तिलोत्तमा सिटी,१६ असोज २०७८।  जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्ष्तामा सम्पन्न सो साधारण सभाले २ अर्ब ५७ करोड बराबरको कुल पुंजी सहितको प्रतिबेदन प्रस्तुत गरेको थियो।जसको सस्थागत कोष १८ करोडको रहेको छ भने मुनाफा ७ करोड ८६ लाख बराबर रहेको छ। अघिल्लो साधारणसभाबाट आएको नयाँ कार्यसमितिले आज भलवारी स्थित सुनगाभा रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न गरेको हो। साधारणसभाले कोभिडबाट मारमा परेका ऋणीहरुको लागि ३५ लाख बराबरको ब्याज छुट दिएको छ।


सो कार्यक्रममा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष ज्ञानु पौड्यालले जनउत्थान नाम मात्रै नभएर समाजको उत्थानका लागि अघि बढ्दै गरेको बताउनुभयो।  उहाले संस्थामार्फत समाजमा रहेका हरेक बर्गको उत्थान र बिशेषगरि गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको  बताउनुभयो। हाल ८ वटा सेवा केन्द्रमार्फत संस्थाले सेवा दिइरहेको उनको भनाइ छ । साधारण सभामा लेखा समितिको प्रतिबेदन संयोजक अनिल थापा श्रीसले गर्नुभयो भने, सम्पति खरिद उपसमिति संयोजक बुद्धिबल न्यौपाने र ऋण उपसमितिको तर्फबाट रामप्रसाद अर्यालले प्रतिबेदन प्रस्तुत गर्नुभएको हो। साकोसको साधारण-सभामा सर्बसम्मत १७ प्रतिशत लाभांस बितरण गर्ने निर्णय गरिएको छ । 



कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एचबी रम्तेल, यम बहादुर थापा, मेखराज पुन, चेतराज पराजुली, कार्यदल सदस्य शिव गौडेल, परामर्श कार्यदलका सिता भट्टराई, शंकर प्रसाद गौतम, हस्त बहादुर हितांग, अर्जुन आचार्य लागायतले शुभकामना मन्तब्य राख्दै जनउत्थान सहकारीले सञ्चालन गर्दै आएकोे सामाजिक तथा आर्थिक र समाज रुपान्तरणका लागि गरेको कार्यको प्रशंसा गरेका थिए । आर्थिक प्रतिबेदन निल प्रसाद पुनले राख्नुभएको साधारणसभामा संस्थाको प्रगति प्रतिबेदन सचिव सरु रानाले प्रस्तुत गर्नुभएको थियो।  संस्थाका उपाध्यक्ष गिरि प्रसाद पुनको स्वागत मन्तब्य बात शुरु साधारण सभाको संचालन सचिव सरु रानाले गर्नुभएको थियो। तिलोत्तमा १५ कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हालसम्म २७ हजार ४ सय १७ जना शेयर सदस्य आबद्ध रहेको संस्थाका ब्यबस्थापक रन बहादुर थापाले बताउनुभयो। 


कमेन्ट गर्नुहोस्