लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झिनो अंकमा नेप्से परिसूचक सुधारियो

IMG

तिलोत्तमा सिटी,७ असोज २०७८। साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ ।


यस अघि बुधबार नेप्से परिसूचक सय अंक भन्दा बढीले सुधारिएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधारिएको छ ।बुधबार साढे ६ अर्ब पनि नपुगेको शेयर कारोबार रकम बिहीबार भने ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ। बिहीबार धेरै जसो बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ ।समूह्गत सवइन्डेक्सहरुमा पनि बैंक २ प्रतिशत भन्दा धेरै बढेको छ भने फाइनान्स पनि झिनो अंकले सुधारिएको छ । बाँकी सबै सबइन्डेक्सहरु घटेका छन् ।

कमेन्ट गर्नुहोस्