लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजारमा दोहोरो अंकको सुधार

tillotmacitynews - 2021 Sep 21 05:21 PM
IMG

तिलोत्तमा सिटी,५ असोज २०७८। सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो ।नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा १३ अंकले बढेर बन्द भएको हो ।नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।


धेरै कमाउने कम्पनीहरु

मंगलबार बढेको बजारमा सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । यो कम्पनीको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ ।दोस्रोमा रुरु हाइड्रोपवरको शेयरम मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । यसैगरी तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर ३८२ रुपैयाँ पुगेको छ । यस कम्पनीले आजमात्रै ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।


कमेन्ट गर्नुहोस्