लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न सिफारिस

IMG

तिलोत्तमा सिटी,५ असोज २०७८।सरकारले गठन गरेको जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न सिफारिस गरेको छ ।शेयर निश्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको आरोप लागेपछि सरकारले उनीमाथि छानबिन गर्न उच्च अदालतका न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो ।


सो समितिले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरीको नाममा १० हजार कित्ता शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको उल्लेख गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।बिवाहित छोरी भएपनि आफैंले रकम तिरेर शेयर किनेको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले न्यायाधीश डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।


स्रोतका अनुसार ‘पदीय आचरणविरुद्ध शेयर किनबेच गरेको पाइएको भन्दै दोषीलाई कारबाही गर्ने जिम्मेवारी सरकारको काँधमा आएको छ’ प्रतिवेदनमा उल्लेख छ ।धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याइ बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरण विपरीत काम कारवाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।


कमेन्ट गर्नुहोस्