लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संबिधान दिवसको अवसरमा तिलोत्तमाको मणिग्राममा दीप-प्रज्वलन

IMG

तिलोत्तमा सिटी,३ असोज २०७८। छैटौ संबिधान दिवसको अवसरमा तिलोत्तमाको मणिग्राममा शुभकामनाआदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ मणिग्रामको आयोजनामा भएको सो दीप प्रज्ज्वलन कार्यकममा प्रमुख अतिथि रहेका तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले देशको मूल कानुन बनेको दिन सबैमा शुभकामना दिँदै संविधानको कार्यान्वयन गरेर विकासको बाटोमा लम्किनुपर्ने बताए । प्रबक्ता श्रीले संविधानत: हामि अहिलेको यो बिकाशशिल समयमा हिडिरहेको र दैनिक जीबनयापनमा समेत अघि बढिरहेको बताएका छन्। प्रबक्ता श्रीले संविधानलाई सफल बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने समेत बताए। त्यसो त कार्यक्रमका अतिथि केशव राज न्यौपानेले संबिधान दिवसले सबै नेपालीलाई एउटा अमनचयन र शान्तिको स्वास फेर्न सकिएको बताउदै संविधानको रक्षा गर्न सबैले आ आफ्नो ठाउबाट अग्रसर हुनुपर्ने बताए।  


 क्लबका अध्यक्ष निरन्जन अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष कृष्ण बस्याल, ईलाका प्रहरी कार्यालय मंगलापुरका सई लक्ष्मण डाँगी, पत्रकार कुलमणि ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।




त्यसो त मणिग्राम चोकमै रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा पनि छैटौ संबिधान दिवसको अवसरमा शुभकामनाआदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्दिप पाण्डेयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संबिधान सबैको साझा भएकाले यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए। प्रियंका रिजालको संयोजकत्वमा सम्पन्न सो दीप प्रज्ज्वलन कार्यक्रम कार्यक्रममा स्थानिय ट्राफिक प्रहरी, विभिन्न क्लबका प्रतिनिधि, पत्रकारहरुको उल्लेखनिय उपस्तिथी रहेको थियो।  


कमेन्ट गर्नुहोस्