लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्राफिक जरिवाना अब मोबाइलबाटै तिर्न सकिने

IMG

तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने भएको छ ।यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी सुरु गरिएकामा हिजोदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने व्यवस्था गरिएको हो ।ट्राफिक महाशाखाले जरिवाना रकम सम्बन्धित व्यक्तिको बैँक खातामार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको महाशाखाले जनाएको छ ।


यसले गाडी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको महाशाखाका वरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो।हिजोदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्