
तिलोत्तमा सिटी, १९ भाद्र २०७८, शनिवार ।रुपन्देहीका पत्रकार टोपराज शर्मा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले शनिबार भलबारीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ज्ञानु पौड्यालले शर्मालाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरेकी हुन् ।सो अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीमा पहुंच सेवा केन्द्र भैरहवाकी रविना राना, उत्कृष्ट सेवा केन्द्रमा पटकासार सेवा केन्द्र ठुटिपिपल तथा लकडाउनका बेला कृषि एम्बुलेन्स सञ्चालनमा योगदान गरेका एम्बुलेन्स चालक भर्थरी गुप्ता,चन्द्रबहादुर थापा र प्रख्यात बन्जाडेलाई सम्मान गरेको छ ।२०५९ मा बागलुङ सामुदायिक संस्थाको नामबाट शुरु भएको सहकारी अहिले लुम्बिनी प्रदेशकै ठूलो सहकारी बनेको छ ।
सहकारीमा हाल १९ हजार महिला र ८ हजार पुरुष गरी २७ हजार शेयर सदस्य छन् ।अन्य ६ वटा सहकारीसंग एकीकरण गरेको सहकारीका रुपन्देही जिल्लाका ८ स्थानमा सेवा केन्द्र छन् । सहकारीको २ अर्ब ५१ करोड कूल पुँजीसहित १८ करोड रुपैयाँ जगेडा कोष छ । सहकारीका ८ वटा सेवा केन्द्र र ५४ जना कर्मचारी छन् ।सहकारीले आगामी २०८१ सालसम्म कुल पुुँजी तीन अर्ब ५१ करोड रुपैयाँ र शेयर सदस्य ३५ हजार जना र जगेडा कोष ४१ करोड ७० लाख पु¥याउने लक्ष्य लिएको व्यवस्थापक रनबहादुर थापाले बताए ।
कमेन्ट गर्नुहोस्