
तिलोत्तमा सिटी,१३ भाद्र २०७८,आईतबार। ४० बर्ष पुरानो कम्पनि २० बर्षअघि बिरगंजका नामुक उद्योगी निर्मल कुमार केडियाले जब लिने नयाँ सोच बनाए। त्यहि सोचले मानिसलाई आधारभूत स्वास्थ्यका लागि मनग्य सहयोग गर्यो, आज त्यही सोच एउटा ब्राण्ड बनेर देशभरि खडा छ , ब्राईटर। मानिस दैनिक रुपमा आफ्नो मुख तथा दांतको स्वास्थ्यमा चनाखो भए मात्र स्वस्थ हुन सक्छ भन्ने उदेश्यले सो उद्योगको उत्पत्ति भयो , जसले दांत माझ्नकै लागि ब्राइटर टुथ ब्रस र पेस्ट ( मन्जन ) समेत उत्पादन गर्यो। सो कम्पनि आजसम्मको दौरानमा आउदा समेत उही स्थानमा छ। जसको मानिसहरु खुलेर प्रशंसा गर्दछन।
क्लिनिक केयर इण्डस्ट्रिज प्रालिको उत्पादन ब्राईटर टुथ ब्रसले अहिले मन्जन (पेस्ट) उत्पादन गर्न छोडेको छ। तर ब्रस उत्पादन र बिक्रिबितरणमा भने उद्योगलाई भ्याई नभ्याई छ। हाल देशै भरि आफ्नो गुणस्तरीय उत्पादन बिक्रि बितरण गरिरहेको यस उद्योगले दैनिक ४० हजार पिस ब्रस उत्पादन गरेको क्लिनिक केयर इण्डस्ट्रिज प्रालिका संचालक सोनु केडियाले तिलोत्तमा सिटीलाई बताउनुभयो। २४ सै घण्टा सिफ्टमा ४० जना युवालाई रोजगार दिदै १० देखि १२ भेराइटिका ब्रसहरु उत्पादन गरिएको केडियाले बताउनुभयो। न्युनतम १० रुपैया देखि ५० रुपैया सम्मका गुणस्तरीय ब्रस उत्पादनले अहिलेसम्म उद्योग मज्जाले टिकिरहेको उहाको भनाई छ।
एसेस प्रयोग गरिएको शुद्ध नाइलनबाट निर्मित ब्रसको गुणस्तरमा कुनैपनि सम्झौता नगरिएको बताउदै संचालक केडियाले बच्चादेखि बृद्धसम्मका आरामदायी लचिलो, बढी टिक्ने र मुख र दांतस्वास्थ्यमा कुनै असर नगर्ने खालको फ्रेस भर्जिन कच्चा पदार्थ बाट निर्माण गरिएको बताउनुभयो। हाल प्रविन अग्रवालसंगै मिलेर साझेदारी गरिरहेका सोनु केडियाले आफ्ना बुवा निर्मल कुमारले जगेर्ना गरेको ब्राण्ड सधै बचाई राख्न भरपुर मेहनत गरेको बताउनुभयो।
केहि बर्ष अगाडी नेपाल टेलिभिजनमा संचारकर्मी दिनेश डिसीद्वारा संचालन गरिएको नेपालकै पहिलो रियालिटी शो "ब्राइटर तिम्रो शुर मेरो गीत" समेत संचालन गरेको यस उद्योगले हरेक बर्ष सामाजिक क्रियाकलापमार्फत विभिन्न छात्रवृत्ति अनुदान तथा सामाजिक सहयोग गर्दै आएको छ। हाल बढीजसो उत्पादन होटल, कम्पनिहरुमा प्रयोग हुने भएपनि पसलबाट ब्राइटर ब्रस माग्नेको कमि नभएको संचालक केडियाको भनाई छ। अघिल्लो लकडाउनले विभिन्न उद्योग कलकारखाना धराशायी भएपनि ब्राइटरको स्टक र उत्पादनले कुनै असर नपरेको केडियाको भनाइ छ।
४० बर्षको इतिहास कसरि बचाउन सक्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा केडिया ढुक्क भएर भन्नुहुन्छ -"कुनै पनि कम्पनिले आफ्नो ब्राण्ड बचाउन, गर्ने प्रयास भनेको सामाग्रीको गुणस्तर र मेहनत नै हो , दिनरातको मेहनतले ग्राहक बर्गमा अहिलेसम्म नराम्रो कमेन्ट आएको छैन त्यो नै हाम्रो ब्राण्ड हो। " ब्राइटर नाम मात्रै होइन यो ब्राण्ड बनिसकेकोले होला ग्राहकले अझै माया गर्नुहुन्छ, र हाम्रो उत्पादनलाई आफ्नो साथि बनाएर राख्नुहुन्छ , ग्राहकको स्वस्थ सबैभन्दा हाम्रो लागि महत्वपुर्ण भएकाले होला हामि गुणस्तरमा अझै अगाडी बढिरहेका छौ।"
रुपन्देहीको ओमसतिया परासी रोडमा रहेको क्लिनिक केयर इण्डस्ट्रिज प्रालिले हाल नयाँ-नयाँ भेराइटिमा आफ्नो उत्पादन अघि सारेको छ। हाल ५ करोड लगानी रहेको यस उद्योगको उत्पादन ब्राइटर ब्रसले अहिले ग्राहकको ध्यान तानेको छ।
कमेन्ट गर्नुहोस्