लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

IMG

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार।  शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो ।कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ ।मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो ।यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

कमेन्ट गर्नुहोस्