लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२० कम्पनीको पौने ८ करोड कित्ता आईपीओ खुल्दै

tillotmacitynews - 2021 Jul 23 08:25 AM
IMG

तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।‘गत आर्थिक वर्षमै अनुमति पाएका पाँच कम्पनी आईपीओ जारी गर्ने क्रममा छन् । बाँकी १५ कम्पनीको आईपीओ जारी गर्ने मागबारे बोर्डले अध्ययन गरिरहेको छ,’ सूचना अधिकारी केसीले भने । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।


यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी 

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एक/दुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।

छिट्टै आईपीओ आउने पाँच कम्पनीहरू


क्र.सं. कम्पनीको नाम आईपीओ कित्ता आईपीओ कूल रकम कसले पाउने ?

१. मध्य भोटेकोशी जलविद्युत कम्पनी एक करोड ५० लाख कित्ता एक अर्ब ५० करोड स्थानीय र सर्वसाधरण

२. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७ लाख ३६ हजार २७६ कित्ता ७  करोड ३६ लाख २८ हजार ६ सय सर्वसाधरण

३. सानिमा जनरल इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड रुपैयाँ कर्मचारी र सर्वसाधारण

४. मनुषी लघुवित्त वित्तीय संस्था ३ लाख ९३ हजार ७५० कित्ता तीन करोड ९३ लाख ७५० रुपैयाँ कर्मचारी र सर्वसाधारण

५. सामलिङ पावर कम्पनी लिमिटेड १२ लाख ३० हजार कित्ता १२ करोड ३० लाख स्थानीय र सर्वसाधारण

स्रोतः नेपाल धितोपत्र बोर्ड


पाइपलाइनमा १५ कम्पनीको साढे पाँच करोड कित्ता

थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।


आईपीओ जारी गर्ने पाइपलाइनमा रहेका कम्पनीहरू


क्र.सं. कम्पनीको नाम आईपीओ कित्ता आईपीओ कूल रकम कसले भर्ने ?

१. सयपत्री हाइड्रोपावर लिमिटेड ९ लाख कित्ता ९ करोड स्थानीय र सर्वसाधारण

२. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ३३ लाख ७ हजार ५ सय  कित्ता ३३ करोड ७ लाख ५० हजार स्थानीय र सर्वसाधरण

३. दोर्दी खोला जलविद्युत कम्पनी २९ लाख ५१ हजार ९२९ कित्ता २९ करोड ५१ लाख ९२ हजार ९ सय स्थानीय र सर्वसाधारण

४. अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी २० लाख कित्ता २० करोड स्थानीय र सर्वसाधारण

५. एनईएसडीओ सम्बृद्ध लघुवित्त वित्तीय संस्था ८लाख २८ हजार ७५० कित्ता ८ करोड २८ लाख ७५ हजार कर्मचारी र सर्वसाधारण

६. डिस मिडिया नेटवर्क २३ लाख ८५ हजार ९२९ कित्ता २३ करोड ८५ लाख ९२ हजार ९ सय कर्मचारी र सर्वसाधारण

७. ग्रिन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख स्थानीय र सर्वसाधारण

८. आईएमई लाइफ इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड कर्मचारी र सर्वसाधारण

९. ङ्यादी हाइड्रोपावर लिमिटेड कम्पनी ४० लाख ५० हजार कित्ता ४० करोड ५० लाख स्थानीय र सर्वसाधारण

१०. बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता २५ करोड स्थानीय र सर्वसाधारण

११. हिमालयन हाइड्रोपावर लिमिटेड २२ लाख ५० हजार कित्ता २२ करोड ५० लाख स्थानीय र सर्वसाधारण

१२. बलेफी हाइड्रोपावर ३६ लाख ५५ हजार ९४० कित्ता ३६ करोड ५५ लाख ९४ हजार स्थानीय र सर्वसाधारण

१३. बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड १२ लाख कित्ता १२ करोड स्थानीय र सर्वसाधारण

१४. साहश ऊर्जा लिमिटेड १ करोड ५ लाख कित्ता १ अर्ब ५ करोड स्थानीय र सर्वसाधारण

१५. ग्रीन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख स्थानीय र सर्वसाधारण

स्रोतः नेपाल धितोपत्र बोर्ड


साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ६ मध्ये सानिमा  लाइफ आईपीओ जारी गर्ने प्रक्रियामा छ भने अन्य पाँच कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।

कमेन्ट गर्नुहोस्