
असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले सेयर किनबेचमा लाग्ने ब्रोकर कमिशन घटाउनु पर्ने बताएका छन् ।शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि आउने नीति तथा कार्यक्रमका लागि सुझाव दिदै अध्यक्ष रौनियारले अहिले ब्रोकर कमिशन धेरै नै भएको बताए ।केहि महिना अघि धितोपत्र बोर्डले कमिशन घटाए पनि जति घटाउनु पर्ने त्यो अनुसार नघटेको उनको गुनासो छ । ‘बोर्डले कमिशन घटाए पनि हामीले चाहे अनुसार घटेन, यसले हामीलाई लगानीकर्ता हर्क न विस्मात भयो’ उनले भने, ‘हामीले खुलेर बोर्डको निर्णय स्वागत पनि गर्न सकेनौं, अब घटोस् ।
’बोर्डले १० पुसमा अधिकतम ०.४० प्रतिशत हुने गरी ब्रोकर कमिशन घटाएको थियो । त्यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।पछिल्लो समय ठूलो मात्रामा कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए । तर अहिलेको कमिशन पनि धेरै भएको र अब घटाएर अधिकतम ०.२५ बनाउनुपर्ने अध्यक्ष रौनियारको सुझाव छ ।अध्यक्ष रौनियारले बैंकहरुलाई ब्रोकर लाइसेन्स पनि दिन माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्