लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

IMG

आषाढ १७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आज १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो । हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको करोबार भएको थियो ।आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो । ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो ।


आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूहबाहेक अन्य सबै समूह हरियो भएका छन् । आज सबैभन्दा धेरै होटल तथा टुरिजम समूहका लगानीकर्ताले कमाएका छन् ।होटल तथा टुरिजम समूहको ३.९४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूह पनि ३.६३ प्रतिशतले बढेको छ ।

कमेन्ट गर्नुहोस्