लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रकृतिमा झैँ नेप्सेमा पनि पहिरो, सबै समूह ऋणात्मक

IMG

असार ६ गते आईतबार २०७८ तिलोत्तमा सिटी। बाढी पहिरोले प्रकृति र भौतिक संरचनामा झैँ नेप्सेले आर्थिक धरातलमा नराम्रो पहिरो हानेको छ। आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको हो। नेपाल स्टक एक्सचेन्जका (नेप्से) का अनुसार आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा अधिकतम ६३.२८ अंंकको गिरावट आई २९०५.१४ विन्दुमा झरेको हो ।


यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा झरेको छ ।आज कुल २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर १ लाख २८ हजार २८१ पटक किनबेच हुँदा अधिकतम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।तिब्र गिरावटका बीच आज सबै समूहहरु ऋणात्मक रहेका छन् ।

कमेन्ट गर्नुहोस्