लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महामारीमा स्वयंसेवी रक्तदाता समाजको सक्रियता ,अर्घाखाचीमा १३५ पिन्ट रगत संकलन

tillotmacitynews - 2021 Jun 14 01:35 PM
IMG

जेष्ठ ३१ गते सोमबार २०७८ तिलोत्तमा सिटी।नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले अर्घाखाँची पुगेर बृहत् रक्तदान कार्यक्रम गरेको छ । एकैदिन दुई स्थानमा भएको रक्तदानमा १३५ पिन्ट रगत संकलन भएकाे हाे ।रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलो  पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले बताए ।नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका थिए ।



यता बुटवल ब्लड बैंकमा ९९ औं नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताए । लिम्घा रुपन्देही सम्पर्क समाज सह-आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायोजन गरेको थियो ।दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म केसी लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकोटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ। 

कमेन्ट गर्नुहोस्