लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रशासनको निर्देशन : अत्यावश्यक बाहेकका उद्योग नखोल्नुस

IMG

तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। रुपन्देही जिल्लामा खाद्यान्न र अत्यावश्यक वाहेकका सबै उद्योग अर्को निर्णय नभए सम्मका लागि बन्द गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्देशन जारी गरेको छ । बिहीवार जिल्ला कोभिड प्रकोप व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आदेश जारी गर्दै खाद्यान्न तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग बाहेक अन्य सवै प्रकृतिका उद्योग अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने र त्यस्ताम उद्योगबाट उत्पादित बस्तुहरु ढुवानीमा समेत रोक लगाउने निर्णय भएको छ ।


त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरुमा अत्यावश्यक तथा मानविय सेवाका लागि भन्दै १÷१ जनाले सेवा प्रबाह गर्न मिल्ने प्राविधिक जनशक्तीबाट व्यवस्था गर्ने गरी बैशाख ३० गते सम्म सबै सेवाहरु बन्द गर्ने निर्देशन छ ।त्यसैगरी पूर्वाधार एवम् निर्माण सम्बन्धमा निर्माण स्थलमै क्वारेन्टाईन (बाहिर आवत जावत जावत नगर्ने सुनिश्चित प्रबन्ध भएको) बाहेक सबै बिकास निर्माण कार्य अर्को निर्णय नहुँदासम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।हरियो तरकारी एवम् कृषि उपजहरु उत्पादक र उपभोक्ता बिच कृषि एम्बुलेन्स मार्फत उपलब्ध गराउन सम्बन्धित स्थानियतहलले व्यवस्था मिलाउनु पर्ने जनाईएको छ ।जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गरेमा, मूल्यवृद्धी गरेमा, जम्माखोरी गरेमा, लुकाउने वा सहज आपूर्तिमा अवरोध गरेमा सो कार्य गर्ने उपर कानून वमोनिम कारवाही हुने जनाएको छ ।


कार्यालयले महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गते देखि ३० गते बिहान ६ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रजिअ तामाङले निषेधाज्ञाको पूर्ण रुपमा पालना गरेका जिल्लाबासी दाजुभाई दिदिबहिनी,राजनितिक दल, नागरिक समाज, बुद्धिजिवि, उद्योगी ,व्यवसायी एवं संचारकर्मिहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्