लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारले २० केजीबाट घटाएर १० बनाएपछि सुनचाँदी व्यवसायी आक्रोशित

IMG

२०७७ चैत्र १४ तिलोत्तमा।नेपालमा सुनचाँदी व्यवसायीलाई सरकारले अहिले पनि व्यवस्थित बनाउन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन । कोभिड महामारीपछि नेपालका सुनचाँदी व्यवसायमा ठूलो मार परेको भन्दै यसलाई पुर्नउत्थान गर्ने र व्यवसायीका बर्षोदेखिको समस्या सम्बोधन गर्नतर्फ सरकार मौन रहेको उनीहरुको आरोप छ । रुपन्देही सुनचाँदी व्यवसायी संघको तिलोत्तमा मंगलापुरमा शनिबार भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन ।


उनीहरुले अहिले सरकारले सुनको कोटा प्रणाली हाललाई २० केजीबाट घटाएर १० केजी बनाएको भन्दै आक्रोशित पोखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैै पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य तथा एमालेका  नेता छविलाल विश्वकर्माले सुनचाँदी व्यवसाय नेपालको बिशिष्ट प्रकारको पेशा व्यवसाय भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकार सहयोगी बन्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायीहरुले भोगेका समस्यालाई सम्बोधन गर्नका लागि आफ्नो तर्फबाट पहल  गर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न ब्रज्रचार्यले सुन व्यवासय अन्य पेशा व्यवसाय भन्दा फरक भएकाले सरकारले छुट्टै निति बनाएर समस्या संवोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम विश्वकर्माले अध्यक्षको प्रतिवेदन पेश गर्दै आफ्नो कार्यकालमा व्यवसायीको पक्षमा काम गरेको बताउँदै नितिगत अप्ठ्याराहरु अझै कायमै रहेको बताए ।


उक्त अवसरमा बाग्मती प्रदेशका प्रमुख सचिव डा। मान बहादुर विके, महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, महासंघका सल्लाहाकार प्रेम कुमार सेन्चुरी, बुटवल वडा न ५ का वडाअध्यक्ष तेज प्रसाद सुनार, महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश सचिव डिल बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका सचिव मुक्ति प्रसाद अधिकारी बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दीपक विश्वकर्मा लगायतले बोल्दै बर्षोदेखि भोग्दै आएको समस्या समाधान गर्नतर्फ सरकारको ध्यानआर्कषण गराएका थिए । 


पत्रकार परियारलाई नगद,सुनारलाई सम्मान :

उक्त अवसरमा पत्रकारिता क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार विनोद परियार र फूलू सुनारलाई सम्मान गरिएको छ । संघका प्रेस सल्लाहाकार समेत रहेका परियारलाई नगद १५ हजार सहित सम्मान गरिएको हो । पत्रकार सुनारलाई भने सम्मान पत्रले संघले सम्मान गरेको छ ।पूर्वमन्त्री एंव नेकपा एमालेका नेता छविलाल विश्वकर्मा र संघका अध्यक्ष एम वि विश्वकर्माले सम्मानित गरेका हुन ।

कमेन्ट गर्नुहोस्