लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रेडियो मुक्तिको अध्यक्षमा दिपु पोखरेल निर्वाचित

IMG

बुटवल , २०७७ चैत ७। रेडियो मुक्ति बुटवलको अध्यक्षमा खेमकुमारी पोखरेल दिपु सर्बसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बुटवलमा सन्पन्न १२ औ बार्षिक साधारण सभा तथा ५ औ अधिबेशनबाट उपाध्यक्षमा इन्दिरा आचार्य, सचीवमा कल्पना न्यौपाने, सह  सचीवमा माया क्षेत्री,कोषाध्यक्षमा अमृता पाण्डे अनमोल , सदस्यहरुमा जमुना सुवेदी, किस्मत चौधरी ,निरा गौतम ,ओमी पुन,उमा ढकाल ,संगीता गौतम अर्याल, चयनहुनु भएको छ।


सहसचिव पदमा माया क्षेत्री र बिन्दु थापाको  उम्मेदवारी परेपछी निर्वाचन गरिएको थियो ।निर्वाचनमा माया क्षेत्री ३७ मत  प्राप्त गरि बिजेता  बन्नु भएको छ भने  बिन्दु थापा ४ मत ल्याएर उपबिजेता बन्नु भएको निर्वाचन समिती आयुक्त तारा पाण्डेले जानकारी दिनुभयो । निवाचन समिती सदस्यमा राधा न्यौपाने ,सुमन पन्थी रहनु भएको थियो ।

कमेन्ट गर्नुहोस्