लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको योगीकुटी हाटबजारमा पनि क्यूआर कोड, भुक्तानी सहज

IMG

तिलोत्तमा २०७७ चैत्र ७। लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउन क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको अभियानमा तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको साप्ताहिक हाटबजार पनि थपिएको छ । प्रत्येक सोमबार र बिहीबार लाग्ने उक्त हाटबजारमा तरकारी तथा फलफुलका साथै अन्य पसलमा खरिद गर्दा पनि नगद रहित कोबार गर्न सकिने भएको छ ।


यस्ता भुक्तानीमा क्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यो बजार क्षेत्र पनि समाबेश गरिएको छ । चैत ५ गते देखी सुरु भएको उक्त प्रणालीको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले उदघाटन गरेका छन् । माछापुच्छ्रे बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले यस प्रणालीबाट कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गरे ।


कार्यक्रममा माछापुच्छ्रे बैंक प्रबन्धक उज्जवल पाण्डे, शाखा प्रबन्धकहरु विकास भट्टराई र कृष्ण पाण्डे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, बजार समितिका अध्यक्ष स्थानीय ब्यापारी लगायतको उपस्थिती रहेको थियो । यागीकुटी हाटबजार क्षेत्र भित्रका तरकारी फलफुल एवम् अन्य उपभोग्य वस्तु र लत्ता कपडाका करिब एकसय पचास भन्दाबढी ब्यापरीहरुका पसल सन्चालनमा छन् ।साभार ग्लोबल आवाज 

कमेन्ट गर्नुहोस्