लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगलागीले ध्वस्त भयो बुटवलको दियालो फुडल्याण्ड

IMG

तिलोत्तमा २०७७ फागुन २७। बुटवल मिलनचोकमा रहेको दियालो फूडल्याण्ड रेष्टुरेण्टमा गएराती करिब साढे एक बजे आगालागी भएक‍ो छ ।

आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षतिपुगेको छैन । आगलागिबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइरहेको र क्षतिको बारेमा थप विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्