लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा नगरप्रमुख दायित्व–उद्यम प्रतियोगीता दोस्रो चरण सुरु,१ लाख रुपैयाँ नगद पुरस्कार

IMG

फाल्गुन १४, २०७७।  तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख–दायित्व उद्यम दुतिकरण कार्यक्रम अन्र्तगत दोस्रो चरणको उद्घाटन तथा आवेदन आह्वान कार्यक्रम सुरुवात गरिएको छ । तिलोत्तमा नगरपालिका कार्यालय परिषरमा एक कार्यक्रको आयोजना गरी नगर प्रमुख बासुदेव घिमिरेले उक्त कार्यक्रमको शुरुवात गर्नुभएको हो ।  पहिलो चरणबाट कृषि, पर्यटन उद्यमीहरुलाई छनौट गरी प्रतियोगितात्मक रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

जसबाट शुनिल कुमार पाण्डेले १ लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नुभएको थियो । सोही कार्यक्रम अनुसार दास्रो चरणको कार्यक्रम सुरुवात गरिएको दायित्व परियोजनाका लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिनुभयो । कार्यक्रम शुभारम्भ अवसरमा तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरीदेवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, दायित्वका कार्यक्रम संजोजक सुर्य प्रसाद रिजाल, नेपाल बैंक लिमिटेड मणिग्राम शाखा प्रबन्धक लोकनाथ भुषाल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । दायित्व कार्यक्रम प्रदेश संयोजक कमल थापाको सञ्चालनमा भएको कार्यक्रममा पहिलो कार्यक्रम विजेता पशुपालन उद्यमी लुम्बिनी गोट फार्मका सञ्चालक सुनिल कुमार पाण्डले स्वागत मन्तव्य राख्नुभएको थियो ।दोस्रो चरण अन्र्तगत तालिम, गोष्ठी तथा विभिन्न प्रतियोगीता आयोजना गरी सोबाट पहिलो चरणमा ५ जना उद्यमी र अन्तिममा प्रतिष्पर्धाबाट १ जना उद्यमी छनौट गरी १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्