लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सहयोगमा प्रहरी बिट निर्माण हुदै,शिल्यान्यासकै दिन करिब ७ लाख उठ्यो

IMG

तिलोत्तमा, २०७७ फाल्गुण ४ गते। बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमानामा पर्ने योगिकुटी नगर प्रहरी विटका लागि अत्यावश्यक भवनको शिलान्यास गरिएको छ ।मंगलबार बिहानै एक कार्यक्रमको आयोजना गरी धार्मिक विधिपूर्वक नयां बन्ने भवनको शिलान्यास गरिएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक प्रविण पोखरेलले जतिसक्दो छिटो र आफु रुपन्देहीमा छंदै निर्माण पुरा गर्ने गरि सो कार्यमा लाग्ने र सक्दो सहयोग जुटाउने बताउनुभयो । उहांले रुपन्देहीमा सामाजिक सेवाभाव भएका व्यक्तिहरुको समुह ठूलो भएकोले भवन निर्माणमा कुनै किसिमको आर्थिक अभाव नहुने पनि बताउनुभयो ।पोखरेलले पछिल्लो समय सडक दुर्घटना र आत्महत्याका कारण युवाहरुको ठूलो समुहले ज्यान गुमाईरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरण र आत्महत्याका घटना रोक्ने कार्यमा पनि सामाजिक क्षेत्रबाट अभियान संचालन गर्नुपर्ने बताउनुभयो । प्रहरी र नागरिकको सम्बन्ध बलियो बन्न सके सामाजिक विकृती र अपराधका घटना समेत स्वतः कम भएर जाने उहांले बताउनुभयो । 





भवन निर्माण समितिका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता तथा सचिव डिल्लीनारायण पाण्डेको संचालनमा सम्पन्न भएको शिलान्यास कार्यक्रममै भवन निर्माणका लागि करिव ७ लाख रुपैया संकलन भएको छ । भवनको संयुक्त रुपमा शिल्यान्यास गर्दै तिलोत्तमा नगरपालिका वार्ड अध्यक्षद्वय दधिराम गौतम र टंक प्रसाद तिवारीले आफुहरु हरदम सहयोग गर्न तत्पर रहेको र निर्माण कार्यलाई खुलेर सहयोग गर्ने बताएका थिए। सो भवन निर्माणका लागि तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष दधिराम गौतमले वडा समूहको तर्फबाट १ लाख, तिलोत्तमा ३ का वडाध्यक्ष टंक तिवारीले वडाअध्यक्ष वापत प्राप्त हुने तलब तथा भत्ताबाट १ लाख, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले ५१ हजार १ सय ११ तथा बुटवल वडा नं. १० का वडा सदस्य कला केसीले ५१ हजार १ सय ११ रुपैयां सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।


त्यस्तै तिलोत्तमा वडा नम्बर २ का व्यवसायी अग्नी थापा क्षेत्री र मोती भण्डारीले एकएक लाख सहयोग गर्नुभएको छ भने हरि तिवारीले ५१ हजार १ सय ११ र सोमनाथ सुवेदीले पनि ५१ हजार १ सय ११ रुपैयां सहयोग गर्नुभएको छ । त्यस्तै सुर्य प्रसाद भुर्तेल, श्यामलाल क्षेत्री, पूर्ण केसी लगायतले पनि भवन निर्माणका लागि आर्थिक सहयोगको घोषणा गर्नुभएको थियो । भवन तिलोत्तमा नगरपालिकाको श्री जन जागृति मावि जाने बाटोमै छत्तिस खोलाको छेउमा निर्माण हुने भएको छ। 

कमेन्ट गर्नुहोस्