लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३६ बर्ष पुगेकोमा ३६ हजार दिए रेडक्रसलाई क्याप्टेन भण्डारीले

IMG

तिलोत्तमा, फागुन १ गते २०७७। नेपाल रेडक्रस सोसाइटीमा आफु आबद्ध भएर आजीवन सदस्य भएको ३६ बर्ष पुगेको उपलक्ष्यमा रेडक्रसका आजीवन सदस्य तथा तिलोत्तमा-१ शंकरनगर निवासी क्याप्टेन प्रेम बहादुर भण्डारीले नगद ३६ हजार रुपैया हस्तान्तरण गरेका छन्। आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरि उहाले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति टेक बहादुर थापालाइ सो नगद रकम हस्तान्तरण गरेका हुन्। सामाजिक सेवामा अग्रसर नेपाल रेडक्रस सोसाइटीमा आफु आबध्ह भएपछी समाजमा रहेर धेरै काम गर्न पाएको र सेवा मुलक कार्य गर्दा आफुलाई धेरै आनन्द लाग्ने समाजसेवी तथा रेडक्रसका आजीवन सदस्य क्याप्टेन भण्डारीले बताए।

नेपाल रेडक्रस सोसाइटीलाई सधै सहयोग र सुझाव दिदै आफ्नो आजीवन सदस्यता पाएको ३६ बर्षसम्म निरन्तर निश्वार्थ कार्य गरि सामाजिक सेवा गर्नुभएका भण्डारीले ३६ बर्षपछि यसरि सहयोग गर्दा आफु हरु खुसि भएको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति टेक बहादुर थापाले बताए। सो रकम हस्तान्तरण कार्यक्रममा क्याप्टेन भण्डारीले सभापति थापालाई ३६ हजार बराबरको छेक हस्तान्तरण गरिएको कोशाध्यक्ष राम प्रसाद ढकालले बताए।

कमेन्ट गर्नुहोस्