लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको भलवारीमा १७ करोड लगानीमा ‘हिडन प्यालेस’

IMG

तिलोत्तमा माघ ३० , २०७७।  रूपन्देहीको तिलोत्तमा भलवारीमा नयाँ होटल सञ्चालनमा आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमा नगरपालिका-७ स्थित भलवारीमा हिडन प्यालेस प्रालि सञ्चालनमा आएको हो ।लुम्बिनीमा आएका पर्यटकहरुलाई आकर्षण गर्नेगरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित करिब १७ करोड रुपैयाको लगानीमा प्यालेस सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक आभुषण खनालले बताए ।


मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायबाट मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने सरकारी लक्ष्यलाई सार्थक बनाउन होटल व्यवसायमा प्रवेश गरेको प्रा.लि.का अध्यक्ष अन्जु शर्मा खनालले बताइन् ।‘हामीले २०७० सालमा एउटा सामान्य खालको पार्टी प्यालेस बनाउने निर्णय ग¥यौ, त्यसै क्रममा हाम्रो योजना परिवर्तन भयो, हामीले सामान्य खालको पार्टी प्यालेसको सट्टा सुविधासम्पन्न होटल बनाउने निर्णयमा पुग्यौ, फलस्वरुप हामीले हिडन प्यालेस बनाउने निष्कर्षमा पुग्यौ, उनले भनिन् ।पहिलो चरणमा ३४ वटा कोठा, अल डे डाइनिङ रेष्टुरेण्ट, सेमीनार हल बनाइएको प्रा।लि।का कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए ।


आउँदो वैशाखसम्म ३६० भ्यु बार हाउस डोम ब्याङ्क्वीट हल, सुइमिङ्ग पुल, बेकरीतर्फ पाउरोटी पसल लगायतका संरचना निर्माण गर्ने प्रालिले लक्ष्य लिइएको र आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनफार्क लगायतका संरचना बनाउने लक्ष्यका साथ काम अगाडि बढाइएको उनले बताए ।‘आजदेखि हामीले सफ्ट ओपनिङ गरेको यो होटल वैशाख १ ग्राण्ड ओपनिङ गर्ने तयारी गरेका छौ, यस हिडन प्यालेसमा ३४ ओटा कोठामध्ये २ वटा डिलक्स जुनियर स्वीट रुम, ९ वटा क्वीन बेड र २३ वटा टु वीन बेड रहेका छन्, हामीहरु यस होटलमा अधिंकाश नेपाली उत्पादन प्रयोग गरेका छौ, जस्तै हामीले प्रयोग गरेका कुर्सी, टेबल स्थानीय आवास स्टीलले तयार गरेका उत्पादन हुन् त्यस्तै होटलमा नेपालकै पुरानो नेपाल कफी कम्पनीको कफी प्रयोग गरेका छौं, उनले बताए ।

कमेन्ट गर्नुहोस्