
बुधबार, माघ २८, २०७७। बुटवल माथि बसन्तपुरमा केबल कार बनाउन लागेको लुम्बिनी केबलकार प्रालीले वन क्षेत्र उपयोग गर्न पाउने स्वीकृति पाएको छ। हालै बसेको मन्त्रीपरिषदको बैठकले रुपन्देही र पाल्पा जिल्ला अन्तर्गत पर्ने ६.७ हेक्टर बन क्षेत्र प्रयोगको स्वस्कृति दिएको हो। लुम्बिनी केबल कार प्रालीले २५ वर्षको लागि सो वन क्षेत्र उपयोग गर्न पाउने सञ्चार तथा सुचना प्रविधिमन्त्री पर्वत गुरुङले जानकारी दिए।लुम्बिनी केबलकारले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ को चुरे सामुदायिक बन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।
कारले बनक्षेत्रमा रहेका १ हजार ३ सय ३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिएको छ। यसैबिच केबलकार निर्माणको फागुन १ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्ने कार्यक्रम छ। बुटवल बहुमुखी क्याम्पस प्रांगणमा आयोजना हुने सभामा सहभागी हुन आउन लागेका प्रधानमन्त्रीले सो दिन केबलकारकाे शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ।काठमाडौँको चन्द्रागिरी केबलकारमा सञ्चालन गरेका नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहितको टोलीले केबलकार सञ्चालन गर्न लागेको हो। बुटवल ३ बमघाटमा तल्लो स्टेसन र तिनाउ ३ बसन्तपुरमा माथिल्लो स्टेसन रहेको केबलकारको लम्बाइ ३ किलोमिटर हुने प्रालीका लगानीकर्ता मध्ये एक तेजबहादुर सुनारले बताए। बसन्तपुरबाट भारतको नौतनवासम्मका दृष्यावलोकन गर्न सकिन्छ। केवलकार बनेमा यस क्षेत्रको पर्यटकिय विकास हुने सुनारले बताए।
कमेन्ट गर्नुहोस्